सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख दिने

Thankot Times

थानकोट ।

सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा मृत्यु भएकाको परिवारलाई १/१ लाख रुपैयाँ दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरीको ‍औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस बिहीबार राति पुर्चौंडी नगरपालिका–७ बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाकाे धनगढीको निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौंसम्म लग्न आवश्यक भए हेलिकाेप्टरकाे व्यवस्था गरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *