आजको माैसम पूर्वानुमानः तराईमा हुस्सु र कुहिरो तथा पहाडी भागमा बादलको सम्भावना
थानकोट ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहनेछ ।
कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
















