नेपाली बजारमा सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।
आजको भाउ प्रतितोला तीन लाख ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार चार हजार ७ सय १० रुपैयाँ थियो ।
















