ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३६ वर्षीय युवाको ज्यान गयो
थानकोट ।
ललितपुरको महालक्ष्मी नगरपालिका-७ लुभु नरकटेमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार प्रदेश ३-०२-००१ प ३९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका-४ मंगलबारे घर भएका ३६ वर्षीय टिकाराम राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
















