नेपाली टोलीलाई प्रधानमन्त्रीले भनिन्– विजयी भवः

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्यान्डसँग हुने ऐतिहासिक ट्वान्टी–२० विश्वकप खेलमा विजयका निम्ति शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताएकी छन् ।

आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपाललाई विश्वभरका प्रशंसकको समर्थन छ ।

विगतमा टोलीले देखाएको चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ ।

सिंगो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’ भनेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *