चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चन्द्रागिरि नगरमा १७ करोड ६७ राजश्व संकलन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १७ करोड ६७ लाख रुपैयाँ ७० हजार ७ सय ४० रुपैयाँ ४३ पैसा राजश्व संकलन गरेको छ ।

यो राजश्व विभिन्न २० शीर्षकमा संकलन भएको हो ।

राजश्व संकलनका विभिन्न शिर्षक मध्ये सबैभन्दा धेरै राजश्व घर बहाल कर संकलन भएको छ । जुन शीर्षकमा ५ करोड २६ लाख १४ हजार ५ सय ४५ रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै, सम्पत्ति करमा ४ करोड २५ लाख ६५ हजार ६१० रुपैयाँ राजश्व संकलन भएको छ । नक्शा पास दस्तुरमा २ करोड ३९ लाख ५२ हजार र व्यवसाय करमा २ कोड ३४ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

भुमि तथा मालपोत करमा ७५ लाख एक हजार रुपैयाँका राजश्व संकलन हुँदा विभिन्न सिफरिस दस्तुरमा १ करोड ५५ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा नगरले १५ करोड २७ लाख ८ हजार पाँच सय ३७ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भने चन्द्रागिरि नगरपालिकाले आन्तरिकतर्फ ६२ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *