रामेछापमा यात्रु बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ ल्याइयो

Thankot Times

थानकोट ।

रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन् ।

प्रजिअ थापाका अनुसार दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।

काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सिडिओ थापाले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *