राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीकाे बिदाइ, कप्तानी पूजाले गर्ने

Thankot Times

थानकोट ।

थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट महिला टोलीलाई बिदाइ गरिएको छ ।

इन्दु बर्मा चोटका कारण मैदानबाहिर रहेकाले यसपटक टिमको कप्तानी पूजा महतोले गर्दै छिन् ।

नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् । विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् ।

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *