नेकपाको चुनावी प्रतिबद्धताः काठमाडौंको बाहिरी चक्रपथ निर्माणलाई तीव्रता दिइने

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्र ल्याएको छ। ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहितको प्रतिबद्धता पत्र ल्याएको हो।

प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुत रूपमा सम्पन्न गरिने लक्ष्य राखेको छ।

घोषणापत्रमा पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्य पहाडी लोकमार्ग, काठमाडौँ निजगढ द्रुतमार्ग, काठमाडौँ-हेटौडा सुरुङमार्ग, उत्तर दक्षिण लोकमार्ग-कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी-चिसापानी सडक खण्ड चार लेनको निर्माण गरिने उल्लेख छ। खुटिया-दिपायल चैनपुर-उरै भन्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ।

घोषणापत्रमा भनिएको छ, काठमाडौँको बाहिरी चक्रपथ र अन्य प्रमुख शहरमा चक्रपथको निर्माणलाई तीव्रता दिइनेछ । सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याइनेछ । हुलाकी सडकका बाँकी खण्डको निर्माण कार्य पूरा गरिनेछ । पूर्वपश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य सम्पन्न गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *