आज बिहीबार केही क्षेत्रमा वर्षा हुने सम्भावना
थानकोट ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा हिमपातको पनि पूर्वानुमान छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भाना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागले राति तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
















