नेपाली टिमका उपकप्तान दीपेन्द्रसिं ऐरी पाकिस्तानी सुपर लिगमा, इस्लामबादले गर्‍यो अनबुन्ध

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

दीपेन्द्रलाई सुपर लिगको टिम इस्लामाबाद युनाइटेडले बुधबार (माघ २८) भएको अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख नेपाली रुपैयाँ)मा अनुबन्ध गरेको हो ।

पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मेसम्म हुने तालिका छ ।

इस्लामबादले हालसम्म तीनपटक पीएसएलको उपाधि जितेको छ ।

इस्लामबादले पछिल्लो पटक सन् २०२४ संस्करणमा आफ्नो नाममा लेखाएको थियो ।

नेपालबाट यसअघि सन्दीप लामिछानेले पाकिस्तानी सुपर लिगमा प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *