आईसीसी टी-२० विश्वकप क्रिकेटः दक्षिण अफ्रिका, अष्ट्रेलिया र वेस्ट इन्डिज विजयी
थानकोट ।
इङ्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ ।
वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले हराएको हो ।
जीतसँगै वेस्ट इन्डिजले सुपर एटको सम्भावना बलियो बनाएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका अन्य खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराउँदा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ ।
दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो ।
पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको हो ।
तस्बिरः गेटी इमेजेज्
















