नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार (माघ २९) सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो बुधबार सुनको भाउ प्रतितोला तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन हिजो बुधबार चाँदिको भाउ प्रतितोला पाँच हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *