राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Thankot Times

थानकोट ।

राष्ट्रिय सभाको चालू अधिवेशन भोलि राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको होे ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति निकालेर फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभा चुनाव नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएको भन्दै सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभाले चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित गरेकाे छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे छ ।

चालू अधिवेशन यही माघ ४ गतेदेखि शुरू भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *