५४ वटा सवारीसाधन जाँच गर्दा तीन चालक लापसे कारबाहीमा

Thankot Times

थानकोट ।

मदन भण्डारी राजमार्ग र बीपी राजमार्गमा चल्ने सवारीसाधन जाँच गर्दा तीनजनाले लागुपदार्थ सेवन (लापसे) गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमान र जिल्ला अस्पताल सिन्धुलीको चिकित्सकसहितको टोलीले सवारीसाधन चालक/सहचालकमा लापसे जाँच गरेको थियो ।

जसमा टिपर चालक धनुषाका २२ वर्षीय धिरज राउत, पिकअप चालक सर्लाहीका २८ वर्षीय अनिलकुमार कुशवाहा र ट्रक चालक मोरङका २९ वर्षीय दशरथ राजवंशी रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ