कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? यस्तो छ माैसम विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भू-भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया  बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

राति तराई भू-भागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *