प्रधानमन्त्री सुशीला कार्कीद्वारा ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङ पुगेकी छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन शुक्रबार (फागुन १) ताप्लेजुङ पुगेकी हुन् ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छन् ।

पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।”

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *