कारमा चितवनबाट काठमाडाैं आउँदै गरेका कीर्तिपुरे युवा नागढुंगा नाकामा पेस्तोलसहित समातिए
थानकोट ।
अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरी छन् ।
उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
















