आज शनिबार कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्याह्न सम्म हुस्सु र कुहिरो रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली  भू–भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *