आज आइतबार उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने

Thankot Times

थानकोट ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसै, आज राति तराई भू-भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *