सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा आज आइतबार (फागुन ३) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९ सय ८५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

















