आईसीसी पुरुष टी-२० विश्वकपः नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित
थानकोट ।
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो तथा प्रतियोगिताको २५औं खेलमा नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १३४ रनको लक्ष्य क्यारेबीयन टोलीले १५.२ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।
आजको खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाल कमजोर देखियो । बलिङतर्फ नेपालका नन्दन यादवले ओपनर ब्रान्डन किङको एक विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।
वेस्ट इन्डिजका किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । ओपनर शाई होपले अर्धशतक प्रहार गरे । उनले ४४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६१ रन जोडे ।
हारपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने वेस्ट इन्डिज लगातार तेस्रो जितसहित प्रतियोगिताको सुपर ८ मा प्रवेश गरेको छ । अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा यहि मंगलबार स्कटल्याण्डको सामना गर्नेछ ।
नेपाल प्रतियोगितामा हालसम्म अंकविहिन छ ।


















