आजको माैसम पूर्वानुमान जान्नुहोस्
थानकोट ।
देशका केही स्थानमा हुस्सु र कुहिरो लागे पनि आज अधिकांश स्थानमा मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

















