आईसीसी पुरुष टी-२० विश्वकप: वेस्ट इण्डिज, अमेरिका र भारत विजयी, नेपालको विश्वकप यात्रा सकियो
थानकोट ।
चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६१ रनको सज जित निकाल्दै भारत आईसीसी पुरुष टी– २० विश्वकपको सुपर– ८ मा प्रवेश गरेको छ।
आइतबार श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमादासा रंगशालामा भारतले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै समेटियो ।
आइतबार नै सम्पन्न खेलमा लगातार तेस्रो हारसँगै नेपाल आईसीसी पुरुष टी– २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार नेपालविरुद्ध वेस्ट इन्डिजले ९ वकेटको सहज जित निकाल्यो ।
मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
यस्तै, आईसीसी टी-२० विश्वकपमा अमेरिकाले दोस्रो जित हासिल गर्ने क्रममा नामिबियालाई पराजित गरेको छ । योसँगै लगातार तीन हार बेहोरेको नामिबिया भने बाहिरिएको छ ।
समूह ‘ए’ अन्तर्गत चेन्नईमा भएको खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले हराएको हो । अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।
प्रतियोगिता अन्तर्गत आज सोमबार अफगानिस्तान र यूएई बिहान ११:१५ प्रतिस्पर्धा गर्नेछन् । यस्तै, दिउँसो ३:१५ बजे इंग्ल्याण्डले इटालीसँग खेल्नेछ, साँझ ७:१५ बजे सहआयोजक श्रीलंकाले अष्ट्रेलियाको सामना गर्ने तालिका छ ।
तस्बिरः गेट्टी इमेजेज्

















