मेयर गिरीको घर जलाउनेहरू अहिले कुन चिन्ह लिएर भोट माग्दैछन् याद गर्नुहोला- केसी (भिडियो)

Thankot Times

थानकोट ।

निवर्तमान सांसद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीले भदाै २३ गते भएको प्रदर्शनपछि निम्तिएको अवस्थाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ।

आइतबार (फागुन ०३) चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टमा नेपाली कांग्रेसले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेता केसीले सो धारणा राखेका हुन् ।

भदाै २३ गतेको घटनामा निर्दोष विद्यार्थीहरूको निधन भएको छ, सो घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्दछ तर २४ गतेको जिम्मा कसले लिने, यो फरक प्रसंगमा घटाइएको घटना हो उनले भने । हरेक व्यक्तिको मोबाइलमा भदाै २४ गते भएको घटनाको दृश्य सुरक्षित हुन सक्दछ, ती अराजक कार्यमा को-को संलग्न थिए हामी सबै विदितै छाैं उनले भने । नेता केसीले अगाडी भने थानकोटमा मेयर घनश्याम गिरीको घरहरू जलाउने जत्था अहिले कुन दलका लागि भोट माग्दै तपाँईको घर आँगनमा आइपुगेका छन् याद राख्नुहोला । सर्वोच्च अदालत, मुलुककै सर्वोच्च प्रशासनिक भवन जल्ने देशमा नागरिकका घर जल्नु उत्ति साह्रो ठूलो विषय हैन् उनले भने ।

प्रहरी चाैकी र जनप्रतिनिधिका घर छानीछानी जलाउने व्यक्ति नै अहिले चुनावमा भोट माग्दै आएका छन् भन्दै उनले मतदाताले भदाै २४ गतेको घटनाको समीक्षा गर्दै भोट राख्न अनुरोध गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *