काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका उम्मेदवार विष्टले सार्वजनिक गरे १६ बुँदे प्रतिबद्धता
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडाैं क्षेत्र नंं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फ उम्मेदवार बनेका प्रदिप विष्टले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सोमबार बुथ प्रतिनिधि विशेष प्रशिक्षण कार्यक्रम विष्टले १६ बुँदा समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो क्रममा उनले भने यो केवल कागज होइन, यो क्षेत्रको भविष्यसँग गरिएको प्रतिज्ञा हो। अब बहाना होइन, परिणाम चाहिन्छ। विकास चाहने, जवाफदेही नेतृत्व चाहने सबैलाई यो अभियानमा एकजुट हुन आह्वान गर्दछु। समृद्ध क्षेत्र निर्माणका लागि बाँकी एजेन्डा तपाईं नागरिकको सुझाव र साथबाट तय हुनेछ।
उनले प्रमुख प्राथमिकतामा हाइ-टेक सचिवालय र विज्ञ समुह गठन, सीपमुलक शिक्षा अनिवार्य नीति, नागढुङ्गा र फर्पिङमा स्मार्ट गेट-वे निर्माणका लागि पहल, सार्वजनिक खरिद ऐन संशोधन, झुठा मुद्दा विरुद्ध कडा कानुनको व्यवस्थाका बुँदा समेटेका छन् ।
काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्टले मतदाताहरूसमक्ष सार्वजनिक गरेका प्रतिबद्धता पढ्नुहोस्ः



















