नेकपाद्वारा केन्द्रीय सदस्य साउद निष्काशित
थानकोट ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान विपरीत र पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै केन्द्रीय समिति सदस्य मना कुमारी साउद (मिना) लाई पार्टीबाट निष्कासन गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले एक विज्ञप्ति जारी गर्दै साउदलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका हुन् ।
साउदले पार्टीको नीति र मार्गनिर्देशन विपरीत विपक्षीहरूको स्वार्थमा लागेर संगठनलाई क्षति पुर्याउने गतिविधि गरेको ठहर पार्टीले गरेको छ।
नेकपाका नेता भीम रावलले पार्टीको विरुद्धमा लाग्ने र विपक्षीहरूको पछि लाग्नेहरूलाई नेकपाले तत्काल कारबाही गर्ने नीति लिएको बताए।
नेता रावलले पार्टी अनुशासन र सिद्धान्तभन्दा बाहिर जाने जोसुकैलाई पनि पार्टीले यसरी नै कडा कारबाही गर्ने र सोही अनुसार साउदमाथि कदम चालिएको प्रष्ट पारे ।



















