राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीद्वारा चुनावी खर्चको विवरण सार्वजनिक
थानकोट ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेकी छन्।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार विजयी झाँक्रीले दाङस्थित निर्वाचन कार्यालयमा २ लाख ३६ हजार रुपैयाँ बराबरको खर्च विवरण पेश गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार बुझाइएको उक्त विवरणमा सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको देखिएको छ।
झाँक्रीका अनुसार यस शीर्षकमा मात्र १ लाख २० हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै, निर्वाचनको समयमा सवारी साधनका लागि ६० हजार र इन्धन खर्चबापत १५ हजार रुपैयाँ उपयोग भएको विवरणमा उल्लेख छ।




















