चोरीमा संलग्न रहेको अभियोगमा मच्छेगाँउ नजिकैबाट २ जना पक्राउ, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बस्ने भुवन प्रधान र १९ वर्षीया सुनिता बस्याल रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो ।

साथै, प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *