नागढुङ्गाबाट १२ लाख रुपैयाँ बराबरको चाँदीसहित १७ वर्षीय किशोर समातिए
थानकोट ।
नेपाल प्रहरीले नागढुङ्गा नाकाबाट २ केजी ९ सय ग्राम चाँदीका दानासहित एकजना किशोरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार मंगलबार बिहान ५ बजे नागढुङ्गा नाकामा निममित चेकजाँचका क्रममा वीरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको बा प्र. ०१ ख ५५२९ नम्बरको यात्रु बसलाई जाँच गर्ने क्रममा सो बसमा सवार पर्साका १७ वर्षीय किशोरले लुकाएर ल्याएको अवस्थामा सो परिमाणको चाँदी फेला परेको हो ।
बरामद उक्त चाँदीको बजार भाउ करिब १२ लाख १४ हजार ५ सय २० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका ती किशोरूलाई बरामद चाँदीको दानासहित त्रिभुवन विमानास्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।


















