आईसीसी पुरुष टी-२० विश्व वरियता सार्वजनिक, अलराउन्डर वरीयतामा ऐरी टप ४ मा उक्लिए

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार आएको छ ।

जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीको वरीयता दुई स्थान सुधार हुँदै चौथो स्थान कायम भएको छ ।

यसअघि उनी छैटौँ स्थानमा थिए ।

सो सूचीको शीर्ष स्थानमा भने एक स्थान सुधार गर्दै पाकिस्तानका श्याम अय्युब पुगेका छन् । यसअघि पहिलो स्थानमा रहेका जिम्बाब्बेका सिकन्दर रजा दोस्रो स्थानमा पुगेका छन् । तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत छन् । ऐरीसँग समान रेटिङसहित अफगानिस्तानका अजमतुल्लाह उमरजाई भने उनीभन्दा पछि छन् ।

अलराउन्डरतर्फको २२औँ स्थानमा नेपालका कुशल भुर्तेल छन् भने समान रोहित पौडेल पनि ४०औँ स्थानभित्र छन् । त्यस्तै ७२औँ स्थानमा नेपालका गुल्शन झा रहेका छन् ।

तस्बिरः गेटी इमेजेज्


Leave a Reply

Your email address will not be published. Required fields are marked *