अपेनको आयोजनामा आज चेकपोस्टमा मिनी च्याम्प्स सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

एशोसियसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)ले आज बिहीबार (फागुन ०७) दोस्रो संस्करणको अपेन लिटिल एथ्लेट्स फेस्टिभल सञ्चालन हुँदैछ ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोस्टस्थित ब्राइट एन्जल्स  मावि हातामा सञ्चालन हुने सो कार्यक्रममा नगर क्षेत्रका विभिन्न १८ विद्यालयका करिब ३६० जना विद्यार्थीले सहभागिता जनाउने अपेन चन्द्रागिरि नगरपालिका अध्यक्ष रितु शर्माले जानकारी दिइन् ।

कार्यक्रमका दाैरान ती विद्यालयमा अध्ययनरत ३ देखी ६ वर्ष उमेर समुहका विद्यार्थीहरूबीच विविध खेलको प्रदर्शनी हुने छ ।

चन्द्रागिरि नगर क्षेत्रमा अपेनसँग आवद्ध विद्यालयका विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रम बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म जारी रहने आयोजकको भनाइ छ ।

कार्यक्रमले पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विविध खेल सिकाइ तथा अन्य समकक्षी विद्यार्थीहरूसँग आपसी भाइचारा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अपेन, मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन हो ।

गतवर्ष चन्द्रागिरि नगरमा विस्तार भएको सो संस्थाको चन्द्रागिरि कमिटिमा हाल विभिन्न १८ विद्यालयले सदस्यता लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *