नेकपा एमालेका नेता रामवीर मानन्धरसहित ७८ जना नेपाली कांग्रेस पार्टी प्रवेश

Thankot Times

थानकोट ।

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, पूर्वसांसद जनार्दन ढकालसहित ७८ जना नेता–कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

राष्ट्रिय सभागृहमा बिहीबार (फागुन ७) मा कांग्रेसले आयोजना गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसँगै ७८ जनालाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिज्ञापत्रबारे थापासँगको प्रश्नोत्तर कार्यक्रमपछि मानन्धरलगायतका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइएको हो ।

ढकाल एमालेबाट संविधानसभा सदस्य एवं रसुवाका पूर्व जिल्ला अध्यक्ष बनेका थिए । यता, राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) परित्याग गर्दै डा.प्रणयशमशेर राणा पनि नेपाली कांग्रेस प्रवेश गरेका छन् । राणा काठमाडौं–७ मा रास्वपाबाट उमेदवारको दाबेदार थिए । बिहीबारै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *