प्रतिनिधि सभा सदस्य निर्वाचनः निर्वाचन सुरक्षार्थ १६ सय जना सशस्त्र प्रहरीलाई पठाइयो जिल्ला
थानकोट ।
निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मुख्यालयमा कार्यरत जनशक्तिलाई जिल्लामा पठाएको छ ।
बिहीबार १६ सयभन्दा धेरै जनशक्तिलाई हलचोकस्थित सशस्त्रको हेड्क्वार्टरबाट जिल्ला परिचालन गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए ।
फागुन २१ मा हुने निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मीलाई धमाधम विभिन्न जिल्लामा परिचालन गर्न लागिएको छ ।
केन्द्रबाट खटिएर गएका उनीहरू संवेदनशील र अतिसंवेदनशिल मतदानस्थल भएको ठाउँमा खटिनेछन् ।
नेपाल प्रहरीले पनि काठमाडौँ उपत्यका र हेड्क्वार्टरमा कार्यरत करिब १३ हजार प्रहरी थप मद्दतमा पठाउँदै छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले केन्द्रबाट धमाधम सुरक्षाकर्मी पठाइरहेको छ ।


















