दोस्रो जेसिस एसइई अन्तर-विद्यालय हाजिरीजवाफमा ब्राइट फ्युचर पहिलो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित जेसिस इन्टरनेशनल स्कुलमा आयोजना भएको तेस्रो संस्करणको जेसिस एसइई अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा नैकापस्थित ब्राइट फ्युचर मावि पहिलो भएको छ । ब्राइट फ्युचर प्रतियोगिताको अघिल्लो संस्करणमा पनि पहिलो बनेको थियो ।

शुक्रबार सञ्चालित प्रतियोगितामा थानकोट चेकपोष्टस्थित ब्राइट एन्जल्स स्कुल दोश्रो भयो । यस्तै, महादेवस्थान किसिपिडीको सनसाइन स्कुलले प्रतियोगितामा तेस्रो स्थान हात पार्दा रिब्स माविले सान्त्वना स्थान प्राप्त गर्यो ।

आसन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गरिरहेका चन्द्रागिरि नगरका विद्यालयका विद्यार्थीहरूका लागि लक्षित गरि जेसिस स्कुलमा कक्षा १० मा अध्यापनरत विषयगत शिक्षकहरूको अग्रसरतामा सो प्रतियोगिता सञ्चालन गरिएको सो विद्यालयका प्रधानाध्यापक एवं प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जनको भनाइ छ । प्रतियोगिताले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको नतिजामा समेत थप निखारता आउन सक्छ, महर्जनले भने ।

विगत ३ वर्षदेखि वर्षेनी सञ्चालन हुन थालेको प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान तथा प्रतिस्पर्धात्मक क्षमतालाई प्रवर्द्धन गर्दै अन्तरविद्यालय सहकार्यमा नयाँ अध्याय थपिने विश्वासका साथ प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई जेसिस इन्टर नेशनल स्कुलले धन्यवाद् दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतियोगिताका विजेताहरूलाई चन्द्रागिरि नगरपालिका वडा नंं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजक विद्यालय भएका नाताले यस प्रतियोगितामा जेसिस इन्टर नेशनल स्कुल नजनाउने नीति अंगिकार गर्दै एको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी १२ विद्यालयले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *