क्युकोशिन कराँते प्रतियोगितामा भाग लिन पाँच जना खेलाडीसहित ६ जना नेपाली रुस जाँदै
थानकोट ।
रुसको मस्को शहरमा फागुन १५ देखि सुरु हुने नेशन्स कपमा नेपाली खेलाडीहरूले समेत भाग लिने भएका छन् ।
प्रतियोगितामा १ जना व्यवस्थापक र ५ जना खेलाडीले भाग लिनेछन् ।
चार दिने प्रतियोगितामा सनी सिंह सुनार (७० केजी), सागर विष्ट (७५ केजी), मुकेश कुमार चन्द (८० केजी), ब्रिनिश मर्हर्जन (३० केजी) र बबिता कार्की (५५ केजी) ले भाग लिने प्रशिक्षक वीरकृष्ण महर्जनले जानकारी दिए ।
प्रतियोगितामा नेपाली खेलाडीहरूले कुमुते विधामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले मस्को उड्ने खेलाडी तथा अफिसियलहरूको मंगलाबर बिदाइ गरेको छ ।


















