आज पनि पानी पर्छ ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ ।
दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ । गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

















