आईसीसी पुरुष टी-२० विश्वकप: इंग्ल्यान्ड सेमीफाइनलमा, पाकिस्तान २ विकेटले पराजित

Thankot Times

थानकोट

इंग्ल्यान्ड आईसीसी पुरुष टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सुपर– ८ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पाकिस्तानले प्रस्तुत गरेको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी रहँदा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अन्तिम ओभरको पहिलो बलमा जोफ्रा आर्चरले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ब्रुकले ५१ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १०० रनको योगदान गरे । यसैगरी, विल ज्याक्सले २८ र साम करनले १६ रन बनाए ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ४ तथा उस्मान तारिक र मोहम्मद नवाजले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १६४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए । यसैगरी, बाबर आजम र फखर जमानले २५–२५ र सदाब खानले २३ रन जोडे ।

इंग्ल्याान्डका लागि लियाम डसनले ३, जोफ्रा आर्चर र जेमी ओभरटनले २–२ तथा आदिल राशिदले १ विकेट लिए ।

जितसँगै सुपर– ८ को समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।

हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएकाे छ ।

अब श्रीलंकालाई हराए पनि पाकिस्तानले अन्य नतिजामा भर पर्नुपर्नेछ ।

प्रतियोगिताअन्तर्गत आज बुधबार सहआयोजक श्रीलंका र न्युजिल्याण्डबीच खेल हुने तालिका रहेको छ । यो खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ