नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार (फागुन १३) सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच भइरहेको हो ।

यस्तै, चाँदीको भाउ यस दिन प्रतितोला १ सय ३० रुपैयाँले बढेको छ ।

आजका लागि चाँदीको भाउ एक तोलाको पाँच हजार ७ सय १५ रुपैयाँ तोकिएको छ ।

हिजो चाँदी प्रतितोला पाँच हजार ५ सय ८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ