थुनामुक्त भए दुर्गा प्रसाईं

Thankot Times

थानकोट ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

पटकपटक पक्राउ पर्दै आएका प्रसाईंलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्ने मंगलबार आदेश दिएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई चुनाव भाँड्ने गतिविधि गरेको भन्दै पक्राउ गरिएको थियो । चुनाव बिथोल्ने गतिविधि गरेको भन्दै निर्वाचन आयोगले चुनाव प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियाे ।

तर, कार्यालय समयमा आवश्यक प्रक्रिया नसकिएकाले प्रसाईंलाई आजमात्रै हिरासत मुक्त गरिएको हो । प्रसाईं ४ फागुनमा भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ