आज बिहीबार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ ।

चारवटा प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ । कोसी, वाग्मती  र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भामामा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लाग्ने बताएको छ । हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी,  गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ