चन्द्रागिरि वडा नं. ५ को भवन निर्माणका लागि टेण्डर आह्वान

Thankot Times

थानकोट ।

लामो समयको प्रतिक्षाबीच चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान किसिपिडीको कार्यालय भवन निर्माणको प्रकृया सुरु भएको छ ।

बिहीबार गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिकाले सो वडाको भवन बनाउन सार्वजनिक ठेक्का आह्वान गरेको हो ।

नेवारी परम्परागत ढाँचामा वडा भवन निर्माण हुने गरी डिजाइन तयार भइसकेको छ । सो भवनका लागि ४१५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय बनाउन सार्वजनिक जग्गा दिने निर्णय गरेको थियो । जसअनुसार साबिक थानकोट महादेवस्थान गाविस वडा नं. २ मा रहेको ३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिका वडा नं. ५ को कार्यालय भवन बनाउन दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको अनुसार सोही स्थानमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

चन्द्रागिरि नगरका १५ मध्ये वडा नंं ५ र ७ को मात्रै आफ्नो भवन नभइरहेको सन्दर्भमा वडा नं. ५ को भवन निर्माणका लागि टेण्डर आह्वान भएपछि वडा नंं ७ लाई पनि भवन बनाउन थप दबाब सृजना भएको छ ।

उसो त चन्द्रागिरि नगरपालिका वडा नं. ७ को भवन बनाउन यसअघि नै टेण्डर आह्वान भएकोमा विविध कारण सो निर्माण कार्य स्थगित भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ