विश्व वरीयतामा त्रिभुवन विश्वविद्यालयको सुधार

थानकोट ।

विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयले सामान्य सुधार गरेको छ ।

विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार टाइम्स हाइअर एजुकेसनको वरीयतामा त्रिवि एक हजार पाँच सय वटा विश्वविद्यालयको सूचीभित्र परेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्ष (सन् २०२५) मा पनि त्रिविको वरीयता यही नै थियो ।

तर सन् २०२६ मा त्रिविले २३.५२ प्रतिशत अङ्क प्राप्त गरेको छ । गत वर्ष २३.२ प्रतिशत मात्रै प्राप्त गरेको थियो । टाइम्स हाइअर एजुकेसन विश्वमा विश्वविद्यालयको वरीयता निर्धारण गर्दै आएको प्रतिष्ठित संस्था हो । यस संस्थाले तोकेको वरीयताको आधारमा विश्वका कुन विश्वविद्यालयको स्तर कस्तो रहेको छ भन्ने जानकारी लिने गरिन्छ ।

यस संस्थाले विश्वविद्यालयको वरीयता निर्धारण गर्दा शिक्षण, अनुसन्धानको स्तर, अनुसन्धान गर्ने वातावरण र लगानीलगायतलाई आधार मान्ने गर्छ । जसमध्ये सबैभन्दा धेरै अङ्क अनुसन्धानलाई दिने गरिन्छ । पत्रकार सम्मेलनमा त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले त्रिविलाई हाल राखिएको वरीयताभन्दा धेरै माथिल्लो स्तरमा राख्न सकिने प्रशस्तै आधार भए पनि यहाँका प्राविधिक समस्याका कारण त्यस्तो नभएको बताउनुभयो ।

उहाँका अनुसार टाइम्स हाइअर एजुकेसनले विश्वविद्यालयको वेबसाइटलगायत अनलाइन माध्यमबाट खोजिएका सामग्रीको आधारमा वरीयता तोक्ने गर्छ तर त्रिविले अनुसन्धान गरेको थुप्रै जर्नल अनलाइनमा उपलब्ध नहुने तथा त्रिविका प्राध्यापक र यसका सम्बन्धन प्राप्त क्याम्पसले प्रकाशन गर्ने जर्नलमा त्रिविको नाम उल्लेख नगर्दा टाइम्स हाइअर एजुकेसनले सङ्कलन गरेको तथ्याङ्कभित्र समावेश नहुँदा वरीयतामा पनि तल रहेको पत्रकार सम्मेलनमा उपकुलपति अर्यालले बताउनुभयो ।

आइओएम र आइओई उत्कृष्ट

त्रिविले वैश्विक छवि र वरीयतामा उल्लेखनीय प्रगति गर्दै विषयगत वरीयतामा भने उत्कृष्ट  प्रदर्शन गरेको छ । विशेष गरी चिकित्सा( मेडिसिन एन्ड हेल्थ) विषयमा त्रिवि विश्वका ६०१ औँ स्थानमा रहेको छ । जुन भारतका आधा दर्जनबाहेक अन्य विश्वविद्यालयभन्दा उत्कृष्ट ठहरिएको त्रिविले जनाएको छ ।

यस उपलब्धिले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षालाई सम्भव तुल्याएको त्रिविले दाबी गरेको छ । त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थान (आइओएम) एक हजारत्रि परेको छ । त्यस्तै शिक्षा अध्ययन, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञानमा पनि त्रिवि भारतका थुप्रै विश्वविद्यालयसँग प्रतिस्पर्धी रहेको त्रिविले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ