सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार (फागुन १४) सुनको सामान्य बढेको छ ।
यस दिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन हिजो बुधबार सुनको भाउ तोलाको तीन लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ बिहीबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७ सय २५ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला पाँच हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

















