पूर्वप्रधानमन्त्री देउवा सिंगापुर उडे
थानकोट ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
उपचारका निम्ति बुधबार (फागुन १३) राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।
“नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,” सचिवालय स्रोतले भन्यो, “चार दिनपछि फर्कनुहुनेछ ।”
सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् ।
‘जेनजी’ आन्दोलन र पार्टीको विशेष महाधिवेशनपश्चात् राजनीतिक रूपमा सक्रिय नरहेका देउवाले निर्वाचन र कांग्रेस उमेदवारका विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
फाइल फोटो

















