काठमाडाैंमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा पवनले गुमाए ज्यान
थानकोट ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिकै बुधबार बेलुकी मिनि टाटाले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
बा.११ च ४७३८ नम्बरको मिनि टाटाले बा. ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको ज्यान गएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीले ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

















