धादिङ पुगेर रवि लामिछानेले भने : ‘फागुन २१ को निर्वाचन इतिहास रच्ने अवसर’
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन इतिहास रच्ने निर्वाचन भएको बताएका छन् ।
यो निर्वाचन विगतका निर्वाचनहरू जस्तो सामान्य नभई इतिहासले दिएको पीडासँगै आएको अवसर भएको उनको भनाइ छ ।
चितवनबाट गोरखा हुँदै धादिङको सल्यान्टारमा आयोजित सभालाई सम्बोधन गरी सदरमुकाम धादिङबेंसी पुगेका लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफ्नो पार्टी देश परिवर्तन गर्न आएको भन्दै अन्य दल र पार्टीको झन्डाभन्दा माथि उठी आफ्नो पार्टीलाई बहुमत दिलाउन उनले सबैलाई आग्रह गरेका छन् ।

















