रास्वपा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन चन्द्रागिरि आउँदै

Thankot Times

थानकोट ।

जनसम्पर्क तथा अभिवादन कार्यक्रमका दाैरान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि (शनिबार) काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्र पुग्ने कार्यक्रम तय भएको  ।

रास्वपा स्रोतका अनुसार शनिबार बिहान रास्वपा शीर्ष नेतृत्वले पशुपतिनाथ मन्दिरबाट घण्टी अभिवादन कार्यक्रम सुरु गर्नेछ ।

साँझ ६ः३० बजे बनस्थलीस्थित रास्वपा मुख्यालय पुग्नुअघि सो टोलीले काठमाडाैं-ललितपुर-भक्तपुर जिल्लाका विभिन्न क्षेत्रको यात्रा गर्नेछ ।

सो क्रममा रास्वपा शीर्ष नेतृत्व दिउँसो करिब ३ बजे कीर्तिपुरबाट सतुङ्गल हुँदै थानकोट-वाँडभञ्ज्याङ क्षेत्र पुग्ने कार्यक्रम तय भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ