ललितपुरको गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइते

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।

बिहीबार राति साढे ८ बजेको आसपास गोदावरी नगरपाललिका–५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका हुन्।

घाइते हुनेमा सोलुखुम्बु घर भएका ६१ वर्षीय रणबहादुर गर्तौला रहेका छन्।

गर्तौला कामबाट घर फर्कने क्रममा चितुवाले उनीमाथि आक्रमण गरेको थियो। घाइतेको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

गर्तौलालाई आक्रमणबाट बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए।

मृत चितुवालाई प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको छ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ