फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय नगर्न काठमाडौं प्रशासनको आग्रह
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजरी गरी रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसाय बन्द गर्न/गराउन सूचना प्रकाशित गरेका छन् ।


















